मत्सरी–रौहतटको दुर्गा भगवती गाउ“पालिकाको मत्सरी निवासी सरोजानन्द झाको घरमा डाकाहरुको एक समुहले डेढ महिनाको नवजात शिशुको टाउकोमा पेस्तोल राखेर लाखौं मूल्य बराबरको धनमाल लुटेर लगेका छन् ।
मुखमा मास्क लगाएर हतियार सोमवार मध्य राति १० जनाको संख्यामा आएको डाकाहरु दुर्गा भगवती गाउ“पालिका वडा नम्वर ३ मत्सरी गाउ“ निवासी झाको घरमा प्रवेश गरी डेढ महिनाको नवजात शिशुको टाउकोमा पेस्तोल तेर्साएर लुटपाट गरेको पिडित परिवारले जानकारी दिएका छन् ।
अन्दाजी २० देखि २५ बर्ष समुहका नकावधारी डाकाहरुले घरमा प्रवेश गरेर करिव २ घण्टा सम्म लुटपाट मचाएर सुनचा“दीका बहुमूल्य गरगहना, नगद सहित २० लाख भन्दा बढिको सम्पत्ती लगेको पिडित झाको छोरा मुकेश झाले बताए ।मुकेशका अनुसार वुवाआमा सुतेको कोठालाई बाहिरबाट हैण्डल लगाईदिएर भाउजुको कोठा खोल्न लगाएर डेढमहिनाको नवजात भतिजोको टाउकोमा पेस्तोल राखेर घरका गोदरेज देखि लिएर ट्रन्कहरुलाई फुटाई बहुमूल्य समानहरु लगेको दुखेसो पोखे ।
झ्यालबाट कराएपछि छिमेकीहरु हो हल्ला गर्नासाथ डाकाहरु पछाडीको ढोकाबाट भाग्न सफल भए । डाका समुह फरार भएको केही वेरमै इलाका प्रहरी कार्यालय गंगापिपराको टोली आएर अनुसन्धान कार्य सुरु गरेको तथा उक्त घटनालाई जिल्ला प्रहरी कार्यालय गौरका डिएसपी नारायण प्रसाद चिमोरिया आफै घटनास्थलमा पुगेर सुक्ष्म तवरबाट अनुसन्धान गरी दोषिहरुलाई चाडै नियन्त्रणमा लिने बताएका छन् ।


