नेकपा एकीकृत समाजवादी बेलायतका अध्यक्षमा तिवारी

बेलायत–नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले प्रवासमा आफ्नो संगठन विस्तार गर्दै बेलायतमा कृष्ण तिवारीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
आइतबार बेलायतको अल्डरसटमामा एकीकृत समाजवादीका नेताहरुको भौतिक र भर्चुअल रुपमा भएको बैठकले तिवारीको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति गठन गरेको हो ।
तत्कालिन एमाले निकट प्रवासी नेपाली मंच युकेका उपाध्यक्ष उमेश मोक्तानका अनुसार बैठकले तिवारीको नेतृत्वमा प्रवासी नेपाली एकता मंच युके (राष्ट्रिय संगठन)को घोषणा गरेको छ । मंच युकेको उपाध्यक्ष उमेशराज मोक्तान, महिला उपाध्यक्ष शुशिला राई, महासचिव अर्जुन खतिवडा, कोषाध्यक्ष पुरुषोत्तम शर्मा, सदस्यहरु एसके गुरुङ, प्रकाश न्यौपाने, दिपक तामाङ,आयुष गुरुङ, नविन राई, घनश्याम लामा, इन्दिरा बस्याल, मेनुका थापा, खुशि गुरुङ , दिपेन्द्र अधिकारी, अभिषेक कुटवाल, नोर्वु शेर्पा निर्विरोध छानिएका छन ।
नव गठित कार्यसमितिलाई प्रमुख अतिथि शाहले पार्टीको विधान अनुसार सपथ ग्रहण गराएका थिए ।युरोप सचिव पोखरेल र प्रदेश नम्बर १ का सदस्य शुष्मा राईले निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । प्रवासी नेपाली मंच युकेका पुर्व उपाध्यक्ष रामजी बराललाई कमिटिको सल्लाहकारमा मनोनयन गरिएको छ । बैठकमा ओएनएफ युकेका वरिष्ठ उपाध्यक्ष बराल भुर्चअल उपस्थित भएका थिए । त्यस्तै, प्रमुख अतिथि प्रवास प्रमुख श्री प्रसाद शाह र विशेष अतिथि युरोप सचिव शुभाष पोखरेल पनि भर्चुअल रुपमा जोडिएका थिए । नेपालबाट भर्खर बेलायत आउनु भएकी नेकपा एकीकृत समाजवादी प्रदेश नम्बर १ की सदस्य तथा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य शुष्मा राई भौतिक रुपमा उपस्थित थिइन ।
एकीकृत समाजवादी बेलायतको नेतृत्व लिदै अध्यक्ष तिवारीले आफुलाई विश्वास गरेर सर्वसम्मत ढंगले जिम्मेवारी दिएकोमा हार्दिक आभार व्यक्त गरेका छन । उनले पार्टीको योजना, कार्यदिशा र जनजीविको विषयलाई लिएर जनतामाझ प्रस्ट्याउदै अघि बढ्ने हो बताए । जबजको उपलब्धिलार्र्इ रक्षा गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष तिवारीले आगामी दिनमा सबै पक्षबाट सहयोगको अपेक्षा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles