प्रतिबन्धित भारतीय नोटसहित शर्मा पक्राउ

पर्सा–वीरगन्जका आसिफ अंसारी ५ लाख अवैध नेपाली हुन्डी रकमसहित पक्राउ परेको २ दिन काट्न नपाउदै फेरि त्यहि सीमा नजिकबाट अवैध भारतीय नोटसहित पर्साकै अर्का युवक पक्राउ परेका छन् ।
पक्राउ पर्ने युवकस“ग १ लाख ४८ हजार ५ सय प्रतिबन्धित भारतीय नोट बरामद भएको छ । सो अवैध नोट लिएर भारतबाट मोटरसाइकलमा नेपाल प्रवेश गरिसक्दा सीमा वारी चेकजा“च गरेको प्रहरीले अभियुक्तलाई रंगेहात पक्राउ गरेको हो ।
पक्राउ पर्ने युवक पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ का अजय कुमार शर्मा रहेको पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले बताए। अभियुक्त शर्मा भारतबाट ना १५ प २३७२ नम्बरको हरियो अपाचे मोटरसाइकल चढी नेपाल छिरिसकेका थिए। सोही समयमा सीमा वारी चेकजा“च गरिरहेको प्रहरीले वीरगन्ज १६ रजतजयन्ती चोकबाट शर्मालाई प्रतिबन्धित नोट सहित नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक खनालले बताए । शर्माले भिरेको झोला चेकजा“च गर्दा प्रतिबन्धित भारतीय नोट ५ सयका २ सय ९६ थान र सयका पनि ५ थान फेला परेको उनको भनाइ छ ।
अर्को देशको प्रतिबन्धित नोट सहित सोही देशबाट आउदै गरेको अवस्थामा पक्राउ परेका अभियुक्तलाई प्रतिवन्धित मुद्रा सम्बन्धी कसुरमा थप कार्वाहीका लागि मध्यमाञ्चल राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ । चालु आर्थिक वर्षको साउन एक र भदौ गरी एक महिना २९ दिनमा २४ लाख ६८ हजार ६ सय २० रुपैया नेपाली नोट पर्साबाट मात्र बरामद भइसकेको छ ।
यहि समयमा प्रतिबन्धित भारतीय नोट समेत पर्साकै शर्माबाट बरामद हुनुलाई प्रहरीले निकै गम्भीरताका साथ अनुसन्धान थालेको पर्सा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles