स्कारपियो दुर्घटनाःएकै गाँउका ६ जनाको मृत्यु

गरुडा । रौतहटमा मंगलबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा ३ जना घाइते भएका छ्न् । मृतक सबै एकै गाँउका हुन ।
गढिमाइ नगरपालिका–३ गम्हरियाबाट परोहा नगरपालिकाको नरकटीया जन्ती गएर फर्कने क्रममा हिजो अपरान्ह करिब ४ बजे गौर चन्द्रपुर सडक खन्ड अन्तरगत जयनगरमा दुर्घटना भएको हो ।

दुर्घटनामा गढिमाइ नगरपालिका ३ का सेख नौसाद, सेख सैनुल्लाह, सेख मोसाफिर, अरोज आलम, सेख अबुलैस र गढिमाइ ३ कै अजि बुलाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाँचजनाको घट्नास्थलमा र अजि बुलाहको उपचारका लागि अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १ जनाको बिरगन्जस्थित नेसनल मेडिकल कलेजमा र दुई जनाको गरुडास्थित ग्रान्डी अस्पताल उपचार भैरहेको छ ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles