गरुडा । रौतहटको गम्हरिया बाट नरकटिया जन्ति गएर फर्कने क्रममा गौर- चपुर सडक खण्डको जयनगरमा स्कारपियो दुर्घट्ना हुदा ५ जनाको मृत्यु भएको छ । जन्ती गएर फर्कने क्रममा ९ जना सवार रातो बि आर ०५ पि ए ६९५३ नम्बरको स्कार्पियो अनियन्त्रित भएर बिजुलिको पोलमा ठोक्किएर सड्क भन्दा १० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय,गरुडाका प्रमुख डिएसपी श्रीराम भन्डारीले जानकारी दिनुभयो । दुर्घटनामा गढिमाई नगरपालिका ३ गम्हरियाका १६ बर्षाका सेख नौसाद,२२ बर्षका सेख सैनुल्लाह,५५ बर्षका मोसाफिर अन्सारी र सेख छोटु को पहिचान खुलेको छ । घाइतेहरुको गरुडास्थित ग्राण्डि र हेल्थल्याण्ड अस्पतालमा उपचार भईरहेको छ ।


