जिल्ला सभापतिमा हृदयनारायण बलियो

रौतहट । नेपाली काङ्ग्रेस रौतहटको १४ औ जिल्ला अधिबेसन फाल्गुन १५ आइतबार हुँदै छ । जिल्ला सभापतिमा २ कार्यकाल जिल्ला सचिव रहेका हृदय नारायण यादव र संविधानसभा सदस्य सुनिल यादवको प्यानल बिच प्रतिष्पर्धा हुने भएको छ । मधेस प्रदेशका पार्टी सभापतीले सहमती गर्ने प्रयास गरेको भएपनि चुनावनै हुने भएको छ ।
१५ गते हुने जिल्ला अधिबेसनमा दुबै जना आ आफ्नो प्यानल सहित प्रचार प्रसारमा जुटेका छन ।
हृदयनारायण यादबको प्यानलबाट उप-सभापतिमा महताव आलम,सचिवमा सुमन गौतम र रामचन्द्र गिरी चुनाबी मैदानमा छ्न भने सुनिल यादबको प्यानलबाट हालसम्म सचिवमा सन्तु यादबको नाम चर्चामा छ ।
हृदयनारायण यादबलाई पुर्वमन्त्री अफ्ताब आलम,प्रतिनिधिसभा सदस्य देब प्रसाद तिमल्सिनाको साथ छ । त्यस्तै उनलाई केन्द्रिय अधिबेशनमा मुस्लिम कोटाबाट सह-महामन्त्री पदमा उम्मेदवार रहेका परोहा नपाका मेयर सेख वकिल,क्षेत्रीय सभापती तथा बृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादबको पनि पुर्ण साथ रहेको छ । यता सुनिल यादबलाई मधेस प्रदेशका सभापति कृष्ण यादबको साथ रहेको बुझिएको छ । रोचक कुरा त के हो भने सभापतिका उम्मेद्वार हृदयनारायण यादब र प्रदेश सभापती यादब सम्धी नातामा पर्छ्न । २ कार्यकाल सचिब पदमा रहेर काङ्ग्रेस हाकेका हृदयनारायण अनुभवी समेत छन । उनलाई पार्टीका दिग्गज को समर्थन रहेका कारण सजिलै सभापती पदमा बिजयी हुने चन्द्रपुर नगर सभापति मुकेश गिरीको दाबि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles