करेन्ट लागेर वृद्धको मृत्यु

गौर । बुधबार बिहान करिब साढे ७ बजेतिर आफ्नै मकैबारीमा मोटरबाट पानी पटाउने क्रममा नाङ्गो तार छुदाँ बरैको घटनास्थलमै मृत्यु भएको स्थायी प्रहरी चौकी छेदिचौकका प्रमुख असई गणेश यादवले जानकारी दिए ।

मोटर स्टार्ट गरेर पानी पटाउने क्रममा बरैले मोटरमा लपेटिएको तार देब्रे हातले सिधा पार्न खोज्ने क्रममा तारमा काटिएको ठाउँबाट हातमै करेन्ट लागेको असई यादवले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles