पत्रकार झालाई कर्मचारीको धम्की

गौर । रौतहटका पत्रकार शैलेन्द्र झालाई ज्यान मार्ने धम्की आएको भन्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाले आपत्ति जनाएको छ । स्वास्थ्य कार्यालय गौर रौतहटका कोल्ड निरिक्षक अधिकृत पासपत राय यादवले पत्रकार महासंघ मधेश प्रदेश कार्य समिति सदस्य झालाई ज्यान मार्ने धम्की दिएका हुन । 

स्वास्थ्य कार्यालय गौरबाट पासपत यादवले ९७ लाख रुपैयाँ पेश्की लिई फर्छौट नगरेको सन्दर्भमा प्रतिक्रिया लिन खोज्दा सोमबार करिब ४ः३० वजेको समयमा झालाई ज्यान मार्ने धम्की आएको भन्दै पत्रकार महासङ रौतहट शाखाले गम्भीर ध्यानाकर्षण भएको भन्दै   सत्य तथ्य छानविन गर्न र दोषिलाई कार्वाही गर्न सरकारसंग माग गरको छ । 

तत्कालिन स्वास्थ्य कार्यालयका प्रमुख दिपेन्द्र रायको मिलोमतोमा विभिन्न कार्यक्रम संचालन गर्नका लागी पेश्की लिएको एक कर्मचारीले बताएका छन् । 

स्वास्थ्य कार्यालयका प्रमुख सुरेश राय यादवसँग सम्पर्क गर्दा ९७ लाख रुपैयाँ पेश्की पासपत राय यादवले लिएको स्वीकार गर्दै पेश्की फर्छौट गर्न वारम्वार ताकेता गर्दा पनि फर्छौट नगरेको कार्यालय प्रमुख यादवले बताउदै फर्छौट गर्नका लागी पत्र काटी सकेको ती कर्मचारीको भनाइ छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles