गौर । रौतहटमा जारी रहेको नेपाली काङ्रेसको जिल्ला अधिबेशनको मतदान प्रक्रिया सकिएको छ ।
कुलमत २५ सय ९१ मध्ये २५ सय १८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । अधिवेशनमा कुलमत ९७% प्रतिशत मत खसेको र राति ९ बजेदेखि रौतहटको मतगणना हुने निर्वाचन अधिकृत दिपक राज रेग्मीले जानकारी दिएका छ्न ।
सनिबार बिवाद भएपछी स्थगित भएको निर्वाचन प्रकृया आज शान्तिपुर्ण रुपमा सम्पन्न भयो मतगणना सुरु गर्ने तर्फ निर्वाचन कार्यालय लागेको छ ।
जिल्ला सभापतिमा २ कार्यकाल जिल्ला सचिव रहेका हृदय नारायण यादव र संविधानसभा सदस्य सुनिल यादवको प्यानल बिच प्रतिष्पर्धा हुँदै छ । हृदय नरायण यादव प्यानलबाट बिनोद गुप्ता र महताब आलम उप सभापति,सुमन गौतम,रामचन्द्र गिरीले सचिव पदमा उमेदवारी दिएका छन् । यता सुनिल यादब प्यानलबाट उप सभापतिमा धिरेन्द्र कुमार सिंह र राम लोचन कलवारले उम्मेद्वारी दिएका छ्न । सचिव पदमा सुवास कोईराला र राजेश कुमार चौधरीको उमेदवारी दर्ता भएको छ । नेपाली कांग्रेसको बिधानमा दुई जना उप सभापति,दुईजना सचिव र २ जना उप सचिव रहने प्रावधान छ ।


