रौतहट सभापतीमा जितेन्द्र यादब बिजयी

गौर । रौतहटको काङ्ग्रेस जिल्ला सभापतिमा संस्थापन पक्षका सुनिल यादब बिजयी भएका छन । उनी १३६२ मत ल्याएर बिजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्द्वी संस्थापन इतरका हृदय नारायण यादबले १०६४ मत ल्याएका छ्न । त्यस्तै उपसभापतिमा संस्थापन पक्षकै धिरेन्द्र कुमार सिंह र रामलोचन प्रसाद कल्वार बिजयी भएका छ्न । उनिहरुले क्रमशः १२८७ र १३८३ मत ल्याएर बिजयी भएका छ्न । त्यस्तै सचिबमा संस्थापनका राजेश कुमार गिरीले १३०९ मत ल्याएर बिजयी भए भने संस्थापन इतरका रामचन्द्र गिरीले ११४२ मत ल्याएर बिजयी भएका छ्न ।
उपसचिब पदमा मोहमद फिरोज आलमले १३८३ र सिकेन्द्र प्रसाद पटेलले १२४१ मत ल्याएर बिजयी भएका छ्न । उनिहरु दुबै संस्थापन पक्ष्यका हुन । बाकी सदस्यहरुको मत गणना दिउसो २ बजे पछी हुने निर्वाचन समितीले जनाएको छ ।
कुलमत २५ सय ९१ मध्ये २५ सय १८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । अधिवेशनमा कुलमत ९७% प्रतिशत मत खसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles