काङ्रेसमय बन्दै चन्द्रपुर नगर

चन्द्रपुर । आशन्न स्थानीय तहको निर्वाचन नजिकिदै जादा काङ्ग्रेसको पक्षम चन्द्रपुरमा जनलहर बढ्दै जान लागेको छ । मेयरपदका उम्मेदवार सन्जय काफ्ले सहित उपमेयर जयमाला चौधरी लगायत १० वटा वडाका उम्मेदवारहरु मत माग्दै मत्दाताको घरदैलो पुगिरहदा मतदाताको उत्साहाजनक सहभागीता देखिएको चन्द्रपुर नगर सभापति मुकेश गिरीले बताएका छ्न ।

चन्द्रपुरको १० वटै वडामा काङ्ग्रेसका उम्मेदवारलाई मतदाताले भब्य स्वागत गर्दै आशीर्वाद समेत दिएको गिरीले बताए । नेपाली काङ्ग्रेसका उम्मेदवारहरुले आफ्नो पक्षमा मत माग्ने कार्य जारी राख्दा जनसमुदाय पनि उनिहरुकै पक्षतमा उभिएका छ्न ।
जिल्लाकै ठुलो नगरपालिका चन्द्रपुरमा नेपाली काङ्ग्रेसले सन्जय काफ्लेलाई मेयर पदको उम्मेदवार बनाएपछि काङ्ग्रेसको पक्षमा सबै तह र तप्काका नेता कार्यकर्ताहरु एक ढिक्का भएर चुनावी मैदानमा हाेमिएपछी चन्द्रपुर नगरपालिकामा काङ्ग्रेसको जनलहर बढदै गएको नेपाली काङ्रेस जिल्ला सदस्य दिल बहादुर बस्नेतले बताए ।

नेपाली काङ्ग्रेस चन्द्रपुर नगरपालिकाको वडा अध्यक्षमा १ नम्बरमा बलराम राउत ,२ नम्बरमा कल्याण कुश्वार,,३ नम्बरमा सन्त बहादुर पाखृन,४ नम्बरमा नेपाल कार्की ,५ नम्बरमा निलहरी कोइराला ,६ नम्बरमा नेत्र कुस्वार ,७ नम्बरमा विष्णु उप्रेती ,८ नम्बरमा जितेन्द्र चौधरी ,९ नम्बरमा नवराज देबकोटा
र १० नम्बरमा जयराम चौधरी वडामा भिडिरहेका छ्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles