बृन्दावन । स्थानिय निर्वाचन नजिकदै जादा नेपाली काङ्रेसका नेता कार्यकर्ता मत माग्न ब्यस्त भएका छन । रौतहट क्षेत्र नम्बरका प्रतिनिधीसभा सदस्य देब प्रसाद तिमल्सिना आज बृन्दावन नगरपालिकामा काङ्ग्रेसका सो पालिकाका उम्मेदवार रामस्नेही राय यादबको पक्षमा दिनभर मत माग्न ब्यस्त देखिन्थे ।

बृन्दावन नपामा नेपाली काङ्ग्रेसका उम्मेदवार सङै साम्सद तिमल्सिना सहित नेता मुकेश गिरी र सुमन गौतम घरघरमा पुगेर मत माग्न सक्रिय रहदा नेपाली काङ्ग्रेस प्रती मतदाताको आकर्षण बढ्दै गएको मेयर पदका उम्मेद्वार यादबले बताए ।

सो पालिकामा यसअघी पनि नेपाली काङ्ग्रेसका हालका उम्मेदवार यादब बिजयी भएका थिए । उनले यस पटक पनि बिजय हासिल गर्ने नेता सुमन गौतमले दाबी गरे ।


