१ हजार ७ सय १० जनालाई स्वरोजगार तालिम

गौर / एक हजार ७१० जना बेरोजगार युवालाई सीपमूलक तालिम दिइएको छ । आर्थिक वर्ष २०७८/७९ मा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र राजपुर रौतहटले रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बन्ने उद्देश्यले सीपमूलक तालिम दिएको हो ।

रौतहट बारा, पर्सा जिल्लाका उक्त सङ्ख्यामा बेरोजगार युवालाई २७ किसिमको रोजगारमुलक तालिम दिएर आयआर्जन गरी जीवनस्तर सुदृढ पार्न फलदायी भएको तालिम केन्द्रका प्रमुख मो. सकिल अख्तरले बताए । ब्युटी पार्लर, कम्प्युटर मर्मत, सिलाई कटाई, कुक तालिम, सुरक्षा गार्ड, ड्राइभिङ, एसी फ्रिज मेकेनिक, विद्युत् जडान, पशुपालन, कुखुरापालन, बाँसको सामग्री बनाउने, सेनेटरी प्याड बनाउने, बेबी डललगायत २७ किसिमको रोजगारीमूलक तालिम दिई दक्षता प्रदान गरिएको तालिम केन्द्रका प्रमुख अख्तरले जानकारी दिए ।

उनले युवा रोजगारसम्बन्धी विशेष सीपमूलक वैदेशिक रोजगारीमा जाने युवालाई समेत तालिम दिएको तथा तालिम लिएर वैदेशिक रोजगारीमा समेत गएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles