वन अधिकृत यादब बिरुद्ध वनकै कर्मचारी आन्दोलित

चन्द्रपुर । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीहरु आफुहरुमाथी अन्याय भएको भन्दै पाउनु पर्ने सेबा सुबिधा नपाएको आन्दोलित भएका छन । संचय कोष, नागरिक लगानी कोष, बिमा तथा सामाजिक सुरक्षा कर कट्टी भएको रकम लामो समय देखि दाखिला नगरी डिभिजन वन प्रमुख अमर देब यादबले अपचलन गरेको भन्दै डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत सम्पुर्ण कर्मचारी आन्दोलित भएका हुन । उनीहरुले कार्यालयको मुख्य गेटमा तीन घण्टा सम्म तालाबन्दी गरेका छ्न । डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत बनअधिकृत, रेञ्जर, फरेष्टर, बनरक्षक, जम्दार लगायत १ सय १० जना कर्मचारीको सेबा सुबिधा बापत कट्टा गरिएको झण्डै ६० लाख रुपैया १८ महिना देखि दाखिला नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन । कर्मचारी आन्दोलित भएपछि बन प्रमुख अमरदेब यादब कार्यालयबाट भागेका थिए । कर्मचारी आन्दोलित भएपछि बनगस्ति देखि प्रशासनिक कार्य समेत ठप्प भएको छ । मधेश प्रदेश सरकार अन्तर्गत रहेको डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरको प्रमुख अमर देब यादबको गैर जिम्मेबारीका कारण कट्टा रकम दाखिला नभएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles