काठ तस्कर पुनः सक्रिय,बरामद भयो ६ थान सालको गोलिया

गुजरा / रौतहटमा फेरी काठ तस्करी सुरु भएको छ गुजरा र फतुवा विजयपुर नगरपालिकाबाट ६४ क्युफिट बराबरको ६ थान सालको गोलिया बरामद भएपछी काठ तस्करहरु फेरी सक्रिय भएको पुष्टी भएको छ ।  सब डिभिजन वन कार्यालय चोचाका अधिकृत हिरोहित चौधरी सहितको गस्ती टोलीले मंगलबार दिउसो गुजरा नगरपालिका ३ सिमरी नजिकैको खोलाको खर घारीमा लुकाई राखेको अवस्थामा ५ थान र फतुवा विजयपुर ११ बुटवा गाउँमा लुकाई राखेको १ थान गरि ६ थान सालको गोलिया बरामद गरेको हो । 
       जंगलसहिया साझेदारी वन का हेरालुहरुले काठ तस्करहरुसँग पैसा लिएर तस्करीको लाईन दिने गरेको तथा दाउरेहरु सङ पैसा उठाउने गरेको ब्यापक जनगुनासो बढे पछि आफुहरुले गस्तीलाई तिब्रता दिएको अधिकृत चौधरीले जानकारी दिएका छन । साझेदारी वनकै कर्मचारीको मिलेमत्तोमा काठ तस्करी हुने गरेकोले डिभिजन वन कार्यालय रौतहटका डिभिजनल वन अधिकृत सुनिल कुमार कर्णले तिब्र रुपमा गस्ती परिचालन गरेका छन । वन संरक्षण नै पहिलो प्राथमिकता रहेको र यसको बिपरित काम गर्ने जो कोहिलाई पनि कानुनको दायरामा ल्याएर कार्वाही गर्ने डिभिजनल वन अधिकृत सुनिल कुमार कर्णले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles