चन्द्रपुर ।रौतहटको चन्द्रपुर नगरपालिका ७ मा डिप ट्युबवेल बोरिगं मार्फत सिंचाई गर्ने कामको शिलान्यास भएको छ ।
जिल्लाको क्षेत्र नम्बर ४ (क)का प्रदेश सांसद युवराज भट्टराईको पहलमा बोरिगंबाट सिंचाई गर्न डिप ट्युबवेल बोरिगं गरिएको छ । बागमती सिचांई आयोजनाको २५ लाख लागत रहेको बोरिगंबाट सिँचाइ अभावमा चाहे जतिको उत्पादन लिन नसकिरहेको किसानलाई राहत मिल्ने छ ।
लेको छ ।
पहिले सिँचाइका लागि आकासे पानीको भर पर्नुपर्ने यस क्षेत्रका किसानहरू अहिले सिँचाइ सुविधा पुगेपछि खुसी भएका छन् ।
पानी अभावकै कारण बाँझो जमिन राख्नुपर्ने समस्या भएपनि अब यो समस्या हट्ने र किसानले चाहेजसो यत्पादन हुनेमा आफुहरु विश्वस्त रहेको स्थानीय किसान हरि कार्कीले बताए । उक्त डिप ट्युबवेल सिँचाइबाट यहाँका १ सय घरघुरी प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । डिप बोरिङ सञ्चालन भएपछि बनबहुअरीको कृषि विकासमा सकारात्मक परिणाम आउने विश्वास गरिएको छ ।
यो डिप बोरिङबाट ४० बिघा जमिनमा सिँचाइ गरिने छ । आयोजनाले किसानलाई सामूहिक रूपमा सुविधा उपलब्ध गराउने भएकाले परियोजनामा किसानको सहकार्य बलियो हुने सांसद भट्टराई बताउँछन । सांसद भट्टराईले हालसम्म आफ्नो क्षेत्रका बिभिन्न १३ स्थानमा बोरिगं गरिएको बताए । बिशेषगरी सिंचाई सुबिधा नपुगेका स्थानहरुको यो बोरिगंमार्फत सिचाईं गरेर किसानहरुलाई उत्पादन बढाउन सहज हुने भएकाले यो काम तिब्र गतिमा थालिएको सांसद भट्टराईको भनाई छ ।


