चन्द्रपुर । रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा संकल्प साकोसका अध्यक्ष बिभु कुमार पोखरेल निर्वाचित भएका छन । शनिबार चन्द्रनिगाहपुरमा भएको संघको २७ औ चुनाबी साधरणसभाले पोखरेललाइ सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा सृष्टि साकोसका राम विश्वास पासवान,महासचिबमा नब बिकाश साकोसका अध्यक्ष देब बहादुर सापकोटा,सचिबमा चन्द्रोदय साकोसका बसन्त आचार्य,कोषाध्यक्षमा स्वस्तीक साकोसका नरेन्द्र राना चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा कल्पना दाहाल,पदम प्रसाद पहाडी,दुर्गा देबी दाहाल,लक्ष्मी कुमारी घिमिरे,रामाकान्त प्रसाद,दुर्गा आचार्य,राजेन्द्र राय यादब चयन भएका छन भने लेखा समितिको संयोजकमा जितेन्द्र चौधरी,सदस्यमा इश्वरी प्रसाद पौडेल र धर्मबिर ठाकुर चयन भएको निर्वाचन समितिका संयोजक बिपीन प्रसाद गौतमले जानकारी दिए।
