चन्द्रपुर । चन्द्रपुर नगरपालिका ७ बनबहुअरीमा फुटबल प्रतियोगिता सुरु भएको छ । पानस युवा क्लब बनबहुअरीको आयोजनामा तेस्रो नकआउट फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । चन्द्रपुर ७ का वडा अध्यक्ष बिश्नु प्रसाद उप्रेती र युवा नेता राजु धामीले प्रतियोगिताको रिबन काटेर बिहिबार उद्घाटन गरेपछी प्रतियोगिता सुरु भएको हो ।

११ माघ देखि २२ माघ सम्म चल्ने प्रतियोगितामा २२ टिम सहभागी हुने आयोजक पानस युवा क्लबका उपाध्यक्ष राजु फनैतले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँ र ट्रफी पाउनेछ भने दोश्रो हुने टिमले २० हजार रुपैयाँ नगद र ट्रफी पाउने आयोजकले जनाएको छ । आज २ वटा खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिता उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य दिल बहादुर बस्नेत,स्थानीय समाजसेवी दिपलाल फनैत लगायतको आतिथ्यता रहेको थियो ।