रौतहट । जिल्ला प्रहरी कार्यालयले विभिन्न समयमा बरामद गरेको मोटर साईकल भन्सार चलान गरेको छ । फागुन १ यता जिल्लाका विभिन्न स्थानबाट कागजपत्र नभएका १२ थान मोटरसाईकल नियन्त्रणमा लिएर गौर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी प्रवक्ता,प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले जानकारी दिए । भन्सार चलान गरिएका मोटरसाइकलको मुल्य ९ लाख ६० हजार रुपैया बरावर रहेको रायले जानकारी दिए ।


