तास खेल्दा लिएको सापटी पैसा नदिएपछी…

पर्सा । तास खेल्दा लिएको पैसा फिर्ता नदिएको भन्दै आफ्नै साथीको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पर्सा प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका-२७ उदयपुर घुर्मीका १९ बर्षका ईशाल प्रसाद कुर्मीको हत्यामा सम्लग्न सोही स्थानका १९ वर्षीय मुकेशप्रसाख यादव, १९ वर्षीय अरूणकुमार यादव र १९ वर्षीय मुना तिवारी पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरीले फागुन ११ गते पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो।

उनी फागुन ७ गते वीरगन्ज बजार जान्छु भनेर निस्किएका थिए। फागुन ११ गते शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साको एसपी गौतम मिश्रले जानकारी दिए।
तास खेल्ने क्रममा सापटी लिएको पैसा नदिएको भनेर हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी मिश्रले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles