पूर्वसांसद अफताब आलमलाई उच्च अदालतबाट सफाइ 

रौतहट । राजपुर बम विस्फोट काण्डमा संलग्न रहेको अभियोगमा जन्मकैदको सजाय सुनाइएका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासले सफाइ दिएको छ। जिल्ला अदालत रौतहटले दोषी ठहर गरेका आलमलाई उच्च अदालतले प्रमाण अभावका कारण सफाइ दिएको हो।

पूर्वसांसद आलममाथि २०६५ सालमा भएको राजपुर बम विस्फोटपछि घाइतेहरुलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको आरोप लागेको थियो। घटनाका प्रत्यक्षदर्शीहरुले उक्त समय आफूलाई बचाइदिन गुहारेका घाइतेहरुलाई आगोमा हालेर हत्या गरिएको दाबी गरेका थिए। उनीहरूका अनुसार, घटनालाई सार्वजनिक हुन नदिन अफताब आलमले आफ्ना सहयोगीसँग मिलेर नजिकैको इँटाभट्टामा आगोमा हालेर हत्या गरेको आरोप थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles