खाली गराइयो गुजरा ३ स्थित पशुपति सामुदायिक वनको ०.५ हेक्टर अतिक्रमित वन क्षेत्र

गुजरा । गुजरा नगरपालिका वडा नं. ३ स्थित पशुपति सामुदायिक वन क्षेत्रभित्र भएको अवैध अतिक्रमण हटाउने कार्य डिभिजन वन कार्यालय रौतहटले गरेको छ । करिब ०.५ हेक्टर क्षेत्रफलमा फैलिएको अतिक्रमणलाई २०८२ साल जेठ १४ गते हटाइएको हो।

उक्त अभियान डिभिजन वन अधिकृत हेमन्तप्रसाद शाहको निर्देशन र जंगल सहिया सब(डिभिजन वन कार्यालय अन्तर्गत कार्यरत वन अधिकृत विनोद जेठाराको नेतृत्वमा सञ्चालन गरिएको थियो। कारबाही टोलीमा डिभिजन वन कार्यालयका कर्मचारीहरू, वन रक्षक, स्थानीय वन प्रयोगकर्ता समिति (CFUG)का प्रतिनिधि तथा सुरक्षा निकायको समेत सक्रिय सहभागिता रहेको थियो।

अभियानको क्रममा समुदायिक वनभित्र गैरकानुनी रूपमा बनाइएका अस्थायी टहरा, झुपडी, खेती योग्य बनाइएका क्षेत्रहरू लगायतका संरचनाहरू हटाइएका छन्। यसरी अतिक्रमण गरी प्रयोगमा ल्याइएको वन क्षेत्रलाई खाली गराई पुनःप्राकृतिक अवस्थामा फर्काउने प्रयास सुरु गरिएको छ।

स्थानिय वासिन्दाहरूले समेत अतिक्रमण हटाउने कार्यको स्वागत गरेका छन् र वन संरक्षणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यस किसिमको कारबाहीले अन्य अतिक्रमणकर्तालाई समेत चेतावनी दिने विश्वास गरिएको छ।

डिभिजन वन कार्यालय रौतहटले सबै वन प्रयोगकर्ता समूह तथा सरोकारवाला निकायहरूसँग समन्वय गर्दै वन अतिक्रमण रोकथामका लागि निगरानी तथा कारबाहीलाई अझ प्रभावकारी बनाउने योजना बनाएको वन अधिकृत साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles