गरुडा। रौतहटमा चट्याङग लागेर एक बृद्धको मृत्यु भएको छ । गरुडा नगरपालिका १ जयनगरका ६५ बर्षीय सियाराम वनियाको चट्याङ लागेर आइतबार बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरिक्षक राजन कार्कीले जानकारी दिए ।
मृतक वनिया घर अगाडी बाधेको बाख्रा खोल्ने क्रममा अचानक चट्याङग लागी गम्भीर घाईते भएपछी प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा उनको मृत्यु भएको कार्कीले जानकारी दिए ।


