शस्त्र बेश क्याम्प सन्तपुरको मनलाग्दी,रकम असुली गर्न अहोरात्र चेकजाँचको बहाना

चन्द्रनिगाहपुर : रौतहटको चन्द्रपुर वडा नम्बर आठ सन्तपुर स्थित शस्त्र बेश क्याम्पले जनतालाई दुख दिने मनसायले मनलाग्दी गरेको पाईएको छ ।
सन्तपुरको पोखरीनेर दिनरात जनतालाई दुख दिने मनसायले चेकजाँचको नाउमा लुट मच्चाउदै आएको जनताहरुको गुनासो बढ्दै गएको हो । रात्रीबसहरु देखि म्याजिकबाट अबैध सरसमान भन्दै लत्ताकपडा,चामल,दाल,नुन,तेल बिभिन्न सामानहरु झार्दै आफ्नो कार्यालयमा उपभोग गर्ने अनि भन्सार बुझाईसके भन्दै जनतालाई दुख दिने गरेका छन् ।
तिन दिन अगाडि बुधवार मात्र चन्द्रनिगापुरकै एक जना सामान्य व्यापारीले थोरै परिमाणमा दाल,चिनी,तेल,बिस्कुट र मख्खन गरी १५ देखि २० हजार बराबरको सामान बसमा हालेर बैरगनियाँबाट चन्द्रनिगाहपुर ल्याईएको थियो । गौर भन्सार देखी बसन्तपुर सम्म बाटोमा खटिएका शस्त्र तथा जनपत प्रहरीहरुले कुनै रोकटोक नगरेको व्यापारी संजय दासको भनाई रहेको छ । उनले भने : जब सन्तपुर आईपुगे अनि यहाँको शस्त्र प्रहरीले पुरै बस खोजतलास गरेर मेरो सामान पनि झार्यो अनि म संग एकछिन सामान्य डिसकस पर्यो म घर फर्किए ।
भोलिपल्ट बिहिवार सामान लिन शस्त्र बेश क्याम्प सन्तपुर पुग्दा सामान त्यहीँ कार्यालयमै भएपनि सामान भन्सार पठाईएको डिएसपी राजेन्द्र गुरागाईले व्यापारीको आमालाई बताए । डिएसपी गुरागाईले हाम्रो भेटघाट अलि पछिनै भयो कुरो मिलेन समातिहालियो भनेर जवाफ फर्काएपछि व्यापारी संजयको आमा त्यहाँबाट फकिए । यस सन्दर्भमा बुझ्न जन सरोकार दैनिकका प्रतिनिधीले पटक–पटक फोन सम्पर्क गर्दा डिएसपी गुरागाईको फोन उठेन । दुई दिन पछि पुःन फोन गर्दा सामान भन्सार पठाईसके भनेर जवाफ दिए ।
यस्ता व्यहोराले शस्त्र प्रहरी जनतालाई सेवा दिन हैन रकम असुली गर्न अहोरात्र खटिएको प्रमाणित हुन्छ । यस सन्तपुर , बेतौना ,बनबौहरी क्षेत्रमा काठ तस्कर देखि बिभिन्न तस्करहरुसंग मिलेर अकुत रकम असुली गरेको समेत प्रमाणित हुन्छ । किनभने डिएसपी गुरागाई आएको दिन देखि तस्करहरु पनि समातिएका छैनन् । मुखले चिप्लो घसेर जनतालाई दुख दिने यस डिएसपी गुरागाई माथि कानुनी कार्वाही होस भन्ने जनताहरुको जनगुनासो रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles