करेन्ट लागेर बालकको मृत्यु

रौतहट,३१ असार । बिधुतीय करेन्ट लागेर मङ्गलबार रौतहटमा १४ वर्षीय बालकको मृत्यु भएको छ ।जिल्लाको मौलापुर नगरपालिका ८ सोनरनियाका सुधन राउत कुर्मीका १४ बर्षिय छोरा नरेन्द्र पटेलको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आफ्नै खेतमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा अचानक करेन्ट लागि घाइते भएका पटेलको मौलापुरस्थित शान्ती पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपककुमार रायले जानकारी दिए ।  

मृतक पटेलको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरी प्रवक्ता रायले जानकारी दिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles