काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । भारतीय आयल निगमले मंगलबार पेट्रोलमा ५ रुपैयाँ ३ पैसा र डिजेलमा १ रुपैयाँ ३० पैसा घटाएर पठाएपछि नेपाल आयल निगमले मूल्य समायोजन गर्दै पेट्रोलमा ५ तथा डिजेल–मट्टितेलमा १ रुपैयाँ घटाएको हो ।
मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४५ रुपैयाँ ५० पैसा, एक सय ४७ रुपैयाँ र एक सय ४८ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ रुपैयाँ र एक सय ६० रुपैयाँ तोकिएको छ ।


