गौर / रौतहटमा श्रोत नखुलेको रकम सहित् एकजना भारतीय नागरिक पक्राउ परेका छन। बिहिबार अस्थायी प्रहरी पोष्टम हादेवपट्टी रौतहटबाट खटिएको प्रहरी चेकीङ्ग टोलीले गौर नगरपालिका २ महादेवपट्टीबाट भारतको सीतामढी जिल्ला बैरगनिया नगरपंचायत वडा नं. १३ बाबालाल दास मठ टोल बस्ने ४३ बर्षिय महेश कुमारलाई ३ लाख नेपाली रुपैया सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता,प्रहरी नायब उपरिक्षक दीपक कुमार रायले जानकारी दिए।
भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका महेशमाथी शंका लागेपछी चेकजाँच गर्दा उनले लगाएको पैन्टको भित्र तिघ्रामा ईलाष्टिकले बेरी लुकाई छिपाई राखि नेपाल तर्फ ल्यादै गरेको ३ लाख बरामद गरेर उक्त रकमको आवश्यक कागजातहरु माग गर्दा श्रोत खुलाउन नसकेकोले सो रकम र महेश कुमार समेतलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको प्रवक्ता रायले जानकारी दिए। खुल्ला सिमाना भएका कारण रौतहटमा पछिल्लो समय गैरकानुनी गतिबिधी बढ्दै गएकोमा स्थानीय चिन्तित बनेका छन्।


