चन्द्रपुर । नगरपालिकाको कृषि शाखाले चिस्यान केन्द्रमा प्रयोग हुने मेसिन जडान सहित हस्तान्तरण गरेको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख सन्जय काफ्लेले चन्द्रपुर ८ स्थित साना किसान कृषि सहकारी संस्थालाई ९ लाख ५० हजाररुपैयाँ पर्ने मेसिन जडित चिस्यान केन्द्रको उद्घाटन गर्दै संस्थालाई हस्तान्तरण गरेका छ्न ।

नगरपालिकाको ७० प्रतिशत र संस्थाको ३० प्रतिशत लगानीमा अत्याधुनिक कोल्ड स्टोरेज मेसिन हस्तान्तरण गर्दै मेयर काफ्लेले साना किसानले साच्चैनै किसानको हितमा काम गर्दै आएको बताए । नगर प्रमुख काफ्लेले कृषकले उत्पादन गरेको कृषि उपज सुरक्षित राख्न अन्यत्र जान नपर्ने भएकाले किसानको जिविकोपार्जनमा सकारात्मक सुधार आउने बिश्वास पालिकको रहेको बताए ।

संस्थाका अध्यक्ष ध्रुव कोईरालाले नगरपालिकाको सहयोगले संस्था थप बलियो र किसानमुखी बनाउन आफू लागीपरेको बताए । कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको भण्डारण गरी उचित मूल्यमा बिक्रीवितरण गर्ने उद्देश्यसहित संस्थाले लिएको अध्यक्ष कोईरालाले बताए ।

उत्पादित वस्तु समयमा बेच्न नसक्ने हुँदा सड्ने र वस्तु घाटामा बेच्नुपर्दा व्यवसायमा असर पर्ने देखिएकाले गर्दा चिस्यान केन्द्रमार्फत वस्तुको भण्डारण गरिने संस्थाका प्रमुख ब्यवस्थापक मनोज चौधरीले बताए ।


