गौर । योङ कम्युनिष्ट लिग (वाईसीएल)रौतहटले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियान चलाईरहेको नेकपा माओवादी केन्द्रको भातृ संगठ्न वाईसीएलले रसायनिक मलको चरम अभावका कारण किसानहरु खेती गर्नबाट बञ्चित हुनु राज्यको गैरजिम्मेवारपन भएको बिज्ञक्तीमा उल्लेख गरिएको छ ।
अध्यक्ष भुवनेस्वर गुरोद्वारा हस्ताक्षरीत बिज्ञप्तीमा सरकारले दिएको पटक-पटकको आश्वासनपछि पनि मल आपूर्ति सहज र सरल नहुनुले कृषकहरूलाइ प्रत्यक्ष प्रभावित पारेकाले यो अवस्था योजनाबद्ध रूपमा सिर्जना गरिएको जनाएको छ ।

सरकारले समयमा मल आपूर्ति गर्न नसक्ने, पहुँचको आधारमा असमान वितरण गर्ने, भित्र-भित्रै कमिसनको चक्करमा दलाल तथा विचौलियाहरू मार्फत कालाबजारी गर्ने जस्ता गम्भीर प्रकृक्तिको समस्याले लाखौं किसानहरू आक्रान्त बनेको भन्दै वाइसिएल नेपालले घोर भर्त्सना गर्दै अबिलम्ब रसायनिक मल आपुर्ती सुचारू गर्न र वितरण प्रणाली न्यायोचित गर्न प्रजिअ मार्फत जोडदार माग गरेको छ । साथै मलखादको दिर्घकालिन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउदै आन्दोलन गर्न बाध्य नबनाउन वाईसीएलले ज्ञापनपत्र मार्फत चेतावनी दिएको छ ।


