कार्यालय प्रमुख मिश्र र लेखा प्रमुख गौतम सम्मानित

चन्द्रपुर : रौतहट जिल्लाको चन्द्रपुर ०९ सिन्दुरेघारी चाँदिखोलाबाट अभियानको रुपमा सुरुवात जन्मदिनलाई सत्कर्ममा जोडौं अभियान अन्तर्गतको बृक्षारोपण कार्यक्रममा पुर्वाधार विकास कार्यालय गौर रौतहटका कार्यालय प्रमुख दिपक कुमार मिश्र र लेखा अधिकृत सुदिप गौतम सम्मानित भएका छन् ।

तराई विकास तथा संचार केन्द्र नेपाल काठमाण्डौको आयोजनामा सम्पन्न भएको सो बृक्षारोपण कार्यक्रममा जन्मोत्सव नामक पार्क निमार्णधीन अवस्था सम्मको अवस्थामा पुर्‍याउन उहाँहरुले गर्नु भएको योगदान रुवरुप  पुर्वाधार विकास कार्यालय गौर रौतहटका कार्यालय प्रमुख मिश्र र अधिकृत गौतम सम्मानित भएका हुन् । प्रमुख मिश्र र अधिकृत गौतमलाई प्रमुख जिल्ला अधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख अमाकान्त आचार्य लगायतले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।  

नेपालको पहिलो जन्मोत्सव नामक पार्क पुर्णता नपाउन्जेल सम्म उहाँहरुको सक्रियताले निरन्तरता पाईरहने अपेक्षा राख्दै अन्य सामाजिक क्षेत्रमा समेत थप सहयोग पुग्ने बिस्वास  राख्दै असल कर्मको मुल्याङ्कन गर्दै पुर्वाधार,पर्यटन तथा वन कार्यलयबाट गर्नुभएको सहयोगको कारण यी दुई व्यक्तित्वहरुलाई सम्मानीत गरिएको प्रमुख जिल्ला अधिकारी बिनोद खड्काले जानकारी दिएका छन् ।  

सो कार्यक्रममा अख्तियार दुरुपयोग अनुसनधान आयोग कार्यालय हेटौडाका प्रमुख उमाकान्त आचार्य, तराई विकास तथा संचार केन्द्र नेपालका अध्यक्ष गोबिन्द प्रसाद चौलागाई , जिल्ला प्रहरी कार्यलय रौतहटका एसपी नेत्रमणी गिरी, ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी रुपा लाबुङ लगायतको सहभागिता रहेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles