“टिभिएस एक्सचेन्ज म्यानिया” अब चन्द्रपुरमा

चन्द्रपुर । नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै “टिभिएस एक्सचेन्ज मनिया“ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आगामी भदौ २ गतेदेखि ८ गतेसम्म रौतहटको चन्द्रपुरस्थित गोल्डेन ब्याङ्केटमा आयोजना हुने कार्यक्रम अन्तर्गत ग्राहकहरूले आफूले चलाइरहेका जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर सहजै एक्सचेन्ज गरी नयाँ टिभिएस ब्रान्डको बाइक वा स्कुटर विशेष छुटमा खरिद गर्न सक्नेछन् । कार्यक्रममा सहभागी ग्राहकहरूले क्यास डिस्काउन्टः अधिकतम ८ हजार , भ्यालु एडिसनः अधिकतम दस हजार, मिनिमल भ्यालुएसन (गुडे पनि नगुडे पनि)अधिकतम ३० हजार रुपैयाँ , निःशुल्क एक्सेसोरिजः हेल्मेट, ब्याग, बाइक कभर, टिभिएस लाइफटाइम वारेन्टी पाउनेछन ।

जगदम्बा मोटर्सले ग्राहकहरूको सुविधा र सन्तुष्टिलाई प्राथमिकता दिँदै देशभर यस्ता कार्यक्रम गर्दै आएको छ । एक्सचेन्ज मनिया चन्द्रपुरमा पनि सफल हुने विश्वास कम्पनीले लिएको छ । टिभिएसका नयाँ मोडेलमा रुचि राख्ने तथा पुराना सवारी साधन सजिलै एक्सचेन्ज गर्न चाहने ग्राहकहरूका लागि यो अवसर निकै लाभदायी हुने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles