‘सुबोध स्मृति पत्रकारीता पुरस्कार’ बाट अन्न्पूर्णपोष्टकर्मी शाह पुरस्कृत

वीरगन्ज । सुबोध स्मृति पत्रकारीता पुरस्कार पर्साका अन्नपूर्णपोष्टकर्मी क्रान्ति शाहलाई प्रदान गरिएको छ ।
वीरगन्जका फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समुहले स्थापना गरेको ५१ हजार रुपैयाँ राशीको पुरस्कार शाहलाई प्रदान गरिएको हो ।आइतबार आयोजित प्रतीक दैनिक पत्रिकाको ३९ औं वार्षिकोत्सव समारोहमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पत्रकार शाहलाई प्रमाणत्रसहित उक्त पुरस्कार प्रदान गरे ।


प्रतीक प्रकाशन समुहले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष एक जना सकृय पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।गत साउन १७ गते बसेको बसेको प्रतीक प्रकाशन समुहको बैठकले यसवर्षको स्व. सुबोध स्मृति पत्रकारीता पुरस्कार अन्नपूर्णपोष्टका पर्सा जिल्ला संवाददाता शाहलाई दिने निर्णय गरेको थियो ।
यस्तै प्रतीक प्रकाशन समुहको वार्षिकोत्सव समारोहमा उत्कृष्ट स्तम्भकारका रुपमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष समेत रहेका ओमप्रकाश खनाललाई नगद १० हजार र प्रतीक दैनिकको उत्कृष्ट संवाददाताका रुपमा प्रमोद यादवलाई १५ हजार रुपैयाँसहित सम्मानित गरिएको छ ।यस्तै स्व. चीरञ्जीवी कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट युवा पत्रकार सूर्यनारायण विकलाई नगद १५ हजार रुपैयाँसहित सम्मानित गरिएको छ ।

कार्यक्रममा प्रतीक दैनिकका कर्मचारी श्यामजी प्रसाद गुप्तालाईपनि नगद ५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको प्रतीक दैनिकका उपसम्पादक आरके पटेलले जानकारी दिए । यस्तै स्तम्भाकर अनन्तलाल दासलाई पनि दोशल्ला ओढाएर सम्मानित गरिएको थियो ।
प्रतीक प्रकाशन समुहकी अध्यक्ष विन्दु शर्माको अध्यक्षता तथा वीरगन्ज महानगरका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतीक दैनीकका प्रधान सम्पादक जगदीश शर्मा, स्व. सुबोध सिंहका दाजु सुदर्शन सिंह, मधेस विश्वविद्यालयका उपकूलपति प्रा. डा. दीपक शाक्य, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम,पर्सा बार एशोसियसनका अध्यक्ष रामनारायण कुर्मी,राजेन्द्र कोइराला ,श्याम पोख्रेल लगायतकाकोपनि उपस्थिती थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles