चन्द्रपुर नगरपालिकाको १६औँ हिउँदे अधिवेशन सम्पन्न

रौतहट,२५ पुष । रौतहटको चन्द्रपुर नगरपालिकाले आफ्नो नगरसभाको १६औँ हिउँदे अधिवेशन समपन्न गरेको छ । शुक्रवार चन्द्रपुरस्थित गोल्डेन ब्यान्क्वेटमा भएको अधिबेसनले नगरपालिकाको आगामी नीति, कार्यक्रम तथा विकास योजनाबारे छलफल र निर्णय गर्ने उद्देश्यले सभाको आयोजना गरिएको मेयर सन्जय काफ्लेले बताए । 

प्रमुख अतिथि निवर्तमान प्रतिनिधिसभा सदस्य देव प्रसाद तिमल्सिनाले स्थानीय तहले जनताको प्रत्यक्ष जीवनस्तर सुधारमा केन्द्रित भई काम गर्नुपर्नेमा जोड दिदै  विकास निर्माण, सुशासन र पारदर्शितालाई कायम राख्दै नगरपालिका अगाडि बढेमा मात्र समृद्ध नगर निर्माण सम्भव हुने बताए ।

कार्यक्रमका सभाध्यक्ष तथा नगरप्रमुख काफ्लेले अधिवेशनको उद्देश्य र कार्यसूचीबारे जानकारी गराउँदै नगरपालिकाले हालसम्म गरेका उपलब्धि र आगामी योजनाहरू प्रस्तुत गरे । नगरपालिकालाई व्यवस्थित, समुन्नत र समावेशी नगरको रूपमा विकास गर्न नगरसभा महत्वपूर्ण माध्यम भएको मेयर काफ्लेले बताए । 

यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष संजय कार्की र नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य शिव पुरीले शुभकामना व्यक्त गर्दै नगरसभामार्फत पारित हुने नीति तथा कार्यक्रमहरू जनमुखी र व्यवहारिक हुनुपर्ने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, महिला, बालबालिका तथा विपन्न वर्गको सशक्तीकरणमा विशेष ध्यान दिन आग्रह गरे । नगरपालिकाको समग्र विकासका लागि सबै जनप्रतिनिधि एकताबद्ध भएर काम गर्नुपर्ने धारणा अन्य सहभागीहरुले राखेका थिए । रअधिवेशनमा नगरपालिकाका सबै वडाका वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो। 

साथै स्थानीय विकास, बजेट कार्यान्वयन, सेवा प्रवाह, पूर्वाधार विकास, सामाजिक कार्यक्रम लगायतका विषयमा व्यापक छलफल भएको थियो। 

नगरपालिकाले १६औँ हिउँदे अधिवेशनबाट पारित गरेका निर्णय र प्रस्तावहरूले चन्द्रपुर नगरको विकास यात्रालाई थप गति दिने अपेक्षा गरिएको छ। अधिवेशन सफलतापूर्वक सम्पन्न भएसँगै स्थानीय सरकार र जनप्रतिनिधिहरूले नगरवासीको हितलाई केन्द्रमा राखी कार्यान्वयनतर्फ लाग्ने विश्वास व्यक्त गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles