रौतहट ,२८ पुस । तराई मधेसमा बढ्दो चिसोका कारण गरिव,निमुखाका लागि चन्द्रपुर नगरपालिकाको बिभिन्न वडाहरुमा लायन्स क्लव अफ काठमाण्डौले न्यानो कपडा तथा सिरक वितरण गरेको छ ।

चिसो मौसम,न्यानो सहयोगको उदेश्यले लायन्स क्लव अफ काठमाण्डौ समृद्धि र लायन्स क्लव अफ काठमाण्डौ सेन्ट्रलको संयुक्त आयोजनामा चन्द्रपुर नगरपालिकाको ५,७ र ८ मा न्यानो कपडा र सिरक बितरण गरेको लायन्स क्लव अफ काठमाण्डौ समृद्धिका अध्यक्ष अर्जुन लामिछानेले जानकारी दिए ।

लायन्सले आर्थिक अबस्था कमजोर भएका बिपन्न,दलित परिवारलाई लक्षित गरेर चन्द्रपुरको तिनवटा वडाहरुमा समान तवरले २०–२० घरधुरी गरेर ६० परिवारलाई न्यानो कपडा तथा सिरक बितरण गरेको लामिछानेले बताए ।
चिसो मौसमा पिडितहरुलाई थोरै भएतापनि राहत स्वरुप न्यानो कपडा तथा सिरक बितरण गरीएको लायन्स क्लव अफ काठमाण्डौ समृद्धिका प्रथम अध्यक्ष सुशिल खरेलले बताए । उनले रौतहटमा मात्र नभई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा रहेका लगभग ४० कैदीहरुको लागि समेत न्यनो कपडा तथा सिरक उपलब्ध गराएर त्यस कार्यालयका प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीलाई हस्तान्तरण गरेको बताएका छन् ।

फेरी पनि आर्थिक अबस्था कमजोर भएका सहारा बिहिन तथा पिडितहरुको लागी क्लब सधै लागी पर्ने लायन्स क्लव अफ काठमाण्डौ समृद्धिका चार्टर प्रेसिडेन्ट तथा डिस्ट्रिक ३२५ एच का पुर्व गभर्नर शम्भु थापाले बताए ।

लायन्स क्लव अफ काठमाण्डौ समृद्धिका अध्यक्ष लामिछानेका अनुसार राहत वितरणको लागि लायन्स क्लव अफ काठमाण्डौ समृद्धिका डिस्ट्रिक ३२५ एचका ( AID) चेयर पर्सन कल्याण बिक्रम अधिकारी र युवा व्यवसायी निर्मल पण्डितको ठुलो योगदान र सहयोग रहेको थियो


