रौतहटमा मोटरसाइकल दुर्घटना: श्रीमान श्रीमतीको मृत्यु

गौर : सनिबार (आज) बिहान रौतहटमा भएको दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु भएको छ ।  जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ४ स्थित गौर गङ्गापिप्रा सडक खण्डको झाँझपुल नजिकै गंगा पिप्राबाट गौरतर्फ जाँदै गरेको बि आर ३० यु १३७१ ( BR 30 U 1371) नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सिसौंको रुखमा ठोकिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक रौतहटको यमुनामाई गाउँपालिका ४ सरुअठ्ठा बस्ने २४ वर्षीय जितेन्द्र साह र मोटरसाइकलमा सवार उनकी २२ वर्षीया श्रीमती रहेकी छिन् ।  दुबै जनाको टाउको , मुख र शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर भएपछि उपचारको लागि अस्पताल लगिएकोमा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles