आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

हेटौंडा– आज इस्वी सम्वतको मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी १३० औं मजदुर दिवस मनाइँदै छ ।

राजनीतिक दल आबद्ध मजदुर संगठनहरूले विभिन्न कार्यक्रम गर्दैछन्। ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरूले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ १७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए ।

सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिएको हो। नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो। दिवसको अवसरमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतले शुभकामना व्यक्त गरेका छन्। उनीहरुले संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको भन्दै यसलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

दिवसको अवसरमा हेटौंडामा पनि आज विभिन्न राजनीतिक दलनिकट मजदुर संघ संगठनले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेको । नेपाली काँग्रेसनिकट नेपाल ट्रेड युनियन काँग्रेसको कार्यक्रममा सम्बोधन गर्न नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महत पनि आज हेटौंडा आउँदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles