गौर,१८ असार ।
मनसुन सुरु हुनु भन्दा अगावै बाढीबाट हुने जोखिम व्यवस्थापन गर्न राखेको एक कार्यक्रममा रौतहटका जनप्रतिनिधिको उपस्थिति न्युन भएपछि उनीहरु जनता प्रति जिम्मेवारी नरहेको आरोप लागेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले स्थानीय तह एवम् सरोकारवालालाई लक्षित गरी गत महिना सदरमुकाम गौरमा आयोजना गरेको मनसुन पूर्वतयारी कार्यशाला गोष्ठीमा जनप्रतिनिधिकै उपस्थिति न्युन हुँदा उनीहरु जनता प्रति जिम्मेवार नरहेको आरोप लागेको हो ।
वर्षा सुरु भएपछिको बाढी, चैत, वैशाखको हावाहुरी र आगलागी एवम् पुस, माघको शीतलहरीले वर्षेनी रौतहटमा मानवीय तथा भौतिक क्षेति पु¥याइरहेको छ । यस प्रकारको विपद् व्यवस्थापन गर्न सम्पूर्ण स्थानीय तहको जिम्मेवारी रहेको हुन्छ । कसरी विपद् व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा राखिएको गोष्ठीमा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत वडाका प्रतिनिधिसमेतको उपस्थिति हुनु पर्नेमा अधिकांश जनप्रतिनिधि नआएपछि जिल्ला समन्वय समिति रौतहटका सभापति रामएकवाल यादवले दुख व्यक्त गर्नु हु“दै भने ‘विपद् व्यवस्थापनमा स्थानीय तह उदासिन देखिएको छ ।’
ग्रामिण विकास केन्द्र नेपालका अध्यक्ष पारस हुसेनले विपद् व्यवस्थापनको लागि गर्नु पर्ने सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारको मातहतमा गएको दुई वर्ष भन्दा बढी भइ सक्दा पनि त्यसको व्यवस्थापन प्रति नगर प्रमुखले चासो नलिनु, आफ्नो क्षेत्रमा भएको प्रकोपको उद्दारको लागि अन्यत्रको मुख ताक्नुले जनप्रतिनिधि नागरिक प्रति उत्तरदायी नभएको जिकिर गर्नु भयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख मध्ये राजदेवी नगरपालिकाका मेयर धिरेन्द्रकुमार सिंह र गौर नगरपालिकाका उपमेयर किरणकुमारी ठाकुरको मात्र उपस्थिति रहेको थियो । यस्तै गरुडा नगरपालिकाका प्रशासकीय अधिकृत लगायत इशनाथ र चन्द्रपुर नगरपालिकाका प्रतिनिधि मात्रैको उपस्थिति थियो ।
बाढी प्रभावित क्षेत्र कटहरिया, मौलापुर, माधवनारायण, फतुवाविजयपुर, परोहा, राजपुर, बौधिमाई, गढीमाई, गुजरा, देवाहीगोनाही नगरपालिका र दुर्गा भगवती गाउ“पालिकाका कोही पनि प्रतिनिधि उपस्थित नरहेको उक्त कार्यक्रममा जिल्ला रेडक्रस, स्वास्थ्य, वन, सुरक्षा निकायलगायत अन्य सरोकारवालाको भने उपस्थिति रहेको थियो ।
“विपद् व्यवस्थापन गर्न स्थानीयतह, सरोकारवाला, सरकारी वा गैर सरकारी निकाय सबैले जिम्मेवारीकासाथ सहकार्य गर्दै अघि बढ्न प्रमुख जिल्ला अधिकारीको आग्रह ।”
सबै स्थानीयतहले स्थानीयतह विपद् व्यवस्थापन समिति र वडास्तरीय विपद् व्यवस्थापन समिति निर्माण गर्नु पर्नेमा अधिकांस स्थानीयतहले सो को कार्यान्वयन नगरेको जिल्ला समन्वय समिति रौतहटका उप सभापति रामआशिष यादवले बताउँदै भने ‘स्थानीय तहले विपद् व्यवस्थापनको लागि बजेट समेत बिनियोजन गर्नु पर्ने हुन्छ ।’
ग्रामिण विकास केन्द्र नेपालका कार्यक्रम संयोजक विजयसाह बनियाँले प्रकोप पूर्व गर्नु पर्ने पूर्व तयारी, प्रकोप न्युनीकरण र रोकथाम एवम् प्रकोप पश्चात गर्नु पर्ने खोज तथा उद्दार, पुनस्र्थापना र पुनर्निर्माणको बारेमा प्रकास पार्नु भएको थियो । यस्तै जिल्लामा सुरक्षा निकायको पूर्व तयारी, रेडक्रसको पूर्व तयारीलगायत अन्य सरोकारवाला संस्थाको पूर्व तयारीको बारेमा जानकारी गराइएको थियो ।
जिल्ला विपद् व्यवस्थापन समितिले केही दिनअघी गरेको बाढी प्रभावित क्षेत्रको निरीक्षणमा राजदेवी नगरपालिका कटरवनमा दुई र बसतपुरमा दुई वटा स्पर निर्माण गर्नु पर्ने, दुर्गा भगवती गाउ“पालिकाको बडहरवामा च्यानल निर्माण गरी एउटा स्पर निर्माण गर्नु पर्ने, गरुडा नगरपालिकाको लक्ष्मिपुरमा दुई वटा स्पर निर्माण र कटहरिया पुलदेखि उत्तर जंगलसहियासम्मको तटबन्धको उचाई बढाउनु पर्ने, कटहरिया पुल नजिकको बोल्डर परिमार्जन गरी स्पर बनाउनु पर्ने, मौलापुर नगरपालिकाको मर्यादपुरमा स्पर बनाउनु पर्ने, इशनाथ नगरपालिकाको बन्जराहामा तटबन्ध मर्मत गर्नु पर्ने र गौर नगरपालिकामा तटबन्ध मर्मत गर्नु पर्ने देखिएको जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी किरण थापाले विपद् व्यवस्थापन गर्न स्थानीयतह, सरोकारवाला, सरकारी वा गैर सरकारी निकाय सबैलाई जिम्मेवारीका साथ सहकार्य गर्दै अघि बढ्न आग्रह गरे ।




