इन्सेकको अर्धवार्षीक समिक्षा गोष्ठी सम्पन्न

चन्द्रपुर,१८ असार ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रौतहटको आयोजनामा ०७६ असार १७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को अर्ध वार्षीक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।
ईन्सेक रौतहट जिल्ला प्रतिनिधि कोपिला तिमलसिनाले रौतहट जिल्लाको गत ६ महिनाको मानव अधिकारको स्थितीको बारेमा गोष्ठीमा प्रकाश पार्नु भएको थियो ।

गत ६ महिनाको अवधिमा रौतहटमा बहुविवाहका ९ घटना, यौन दुव्र्यवहारका २, ज्यान मार्ने उद्योगका ३, अप्राकृतिक मैथुन १, व्यक्तिगत हत्या ५, बलत्कार १०, अपहरण, शरीर बन्धक तथा बलत्कार ५, बलत्कार प्रयास ३, कथित वोक्सी आरोपमा २ समेत जम्मा ४० वटा मानव अधिकार उल्लंघनका घटनाहरु भएको जिल्ला प्रतिनिधि तिमलसिनाले जानकारी दिनु भयो । उपरोक्त घटनाहरुमा २० महिला, पुरुष ११, बालक २ र बालिका २० जना पीडित भएका सो गोष्ठीमा जानकारी दिइएको थियो ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका ईन्सपेक्टर रामचन्द्र सिवाकोटीको प्रमुख आतिथ्य र गैसस महासंघ रौतहटका अध्यक्ष रामपुकार यादवको अध्यक्षतामा सम्पन्न सो गोष्ठीमा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य संजय कार्की, महिला अधिकारकर्मी देवकी नेपाल र ईन्सेकका पूर्व जिल्ला प्रतिनिधि तथा अधिवक्ता बिपिन गौतमले मानव अधिकार वर्ष पुस्तकको बारेमा आ आफनो धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न गैर सरकारी संस्था, पत्रकार तथा नागरिक समाजका महिला १२ जना पुरुष ८ जना समेत जम्मा २० जनाको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles