विद्यार्थीनै बढी मिच्छन सवारी नियम

रौतहट १८ भदौ । नियम मिचेर सवारी चलाउनेमाथी कारवाही थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ । सवारी नियम मिचेर गाडी चलाउनेलाई ईलाका प्रहरी र जिल्ला ट्राफिक प्रहरीले मिलेर कारबाही थालेको हो ।

छड्के जा“च गरेर नियम मिच्नेलाई सम्झाउने र दोह¥याएर बदमासी गर्नेलाई कारबाहीको दायरामा ल्याएको प्रहरीको भनाई छ । गौर–चन्द्रनिगाहपुर खण्डमा साना सवारी चलाउनेले खुलेआम नियम मिच्न थालेपछि इलाका प्रहरी र ट्राफिक प्रहरीले कडाइ गर्न सुरु गरेको छ । जथाभावी सवारी चलाउँदा यस क्षेत्रमा दिनहु“ सवारी दुर्घटना हुने गरेको थियो । मोटरसाइकल, अटो र इरिक्साको दुर्घटना बढ्दो छ ।

दैनिक २/३ वटा सम्म दुर्घटना हुन थालेपछि इलाका प्रहरी चन्द्रनिगाहपुरले ट्राफिकलाई सहभागी गराई बृहत सडक चेतनाको कार्यक्रम अघि बढाएको छ ।

जा“चका क्रममा सवारीको कागजपत्र नभएका र भारतीय नम्बर प्लेटका सजारी साधनमाथी विशेष निगरानी बढाईएको ईप्रका चन्द्रनिगाहपुरका डिएसपी कबित कटवालले बताए । यसै क्रममा कतिपय चोरीका सवारीसमेत फेला पारेको डिएसपी कट्वालले बताए । हेलमेट नलगाई मोटरसाइकल चलाउने, ३ जना चढाएर यात्रा गराउने, लाइसेन्सबिना सवारी चलाउने जस्ता कार्यलाई निरुत्साहन गर्नेतर्फ प्रहरी केन्द्रित भएको उनले बताए । उनका अनुसार सडकमा प्रायः गरी क्याम्पस पढ्ने विद्यार्थीले नियम मिच्ने गरेको पाइएको छ ।

विद्यार्थीले लाईसेन्स बिनानै तिब्र गतिमा सवारी चलाउने गरेको पाईएको प्रहरीको भनाइ छ । जिल्लाको गरुडा, शिवनगर, सन्तपुर, डुमरिया, हर्साह, बिर्ता, शिवनगर, शुकदेव क्षेत्रमा ट्राफिक नियम मिचेर मोटरसाइकल चलाउने संख्याको बढ्दो छ । पहिला जे भए पनि अहिले नियम मिचेर सवारी चलाउनेलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक शैलेश न्यौपानेले बताए ।

जथाभावि सवारी चलाउ“दा दुर्घटना हुने हुदा सबैलाई क्षति हुन्छ त्यसकारण सवारी नियम पालना गरेमा सुरक्षित यात्रा गर्न सकिने र जन,धनको क्षती समेत नहुने न्यौपानेको तर्क छ । सडकमा सवारी चलाउनेलाई ट्राफिक नियमका बारेमा सम्झाउने बुझाउने गरेको उनले बताए । जिल्ला ट्राफिकले हेलमेट नलगाउनेसंग ५ सयदेखि १ हजार ५ सयसम्म जरिवाना र चालक अनुमतिपत्र नभएकालाई १ हजारदेखि १ हजार ५ सयसम्म जरिवाना लिने गरेको छ ।
साउन महिना यता एक वर्षको अवधिमा विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये मोटरसाइकल बढी छन ।

यस अवधिमा १ सय १६ वटा सवारी दुर्घटना भए । तीमध्ये ४ सय २४ भन्दा बढी मोटरसाइकल दुर्घटना भएको ट्राफिकको तथ्यांक छ । दुर्घटनामा ५५ को मृत्यु भएको थियो । गएको साउनमा मात्र २० वटा सवारी दुर्घटना भएकोमा १७ वटा मोटरसाइकल परेको बताउ“दै प्रमुख न्यौपानेले सवारी नियमको पालना गर्ने हो भने दुर्घटना आफै घट्ने भएकाले नियम पालना गर्न गराउन सबैमा आग्रह समेत गरेका छन् । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles