चलचित्र पासवर्डको निर्माता अमित बस्नेत अक्षय कुमार सङ्ग



३४ बर्षिय अमीत बस्नेत सर्लाही जिल्लामा जन्मीएका यनि विगत दश बर्ष देखि युकेमा बस्दै आएका छन् ।

युकेमा बिजिनेस संगै उनले एरोज कम्पनी संगको सहकार्यमा विभिन्न चलचित्रहरुमा लगानी गर्दै आएका छन् । उनले बलिवुडमा समेत लगानी गरिसकेका छन् । अक्षय कुमारको हिट चलचित्र हाउसफुलको सबै सिजिजमा लगानी गरेका छन् । अक्षय कुमार अभिनित हाउसफुल चलचित्रको सिकिवेल हाउसफुल फोरमा समेत उनको लगानी रहेको छ ।

अब उनको यो चलचित्र क्षेत्रको यात्रा बलिवुडमा मात्र सिमित रहेन । उनले नेपाली चलचित्र क्षेत्रमा पनि अहिलेसम्म कसैले नआटेको बजेटमा दुईबटा चलचित्र निर्माण गरेका छन् । चलचित्र पासवर्ड र समालिन्छ कहिले मन ।

यही महिनाको अन्तिममा भदौ २७ गते बाट रिलिज हुने चलचित्र पासवर्ड नेपाली सिने जगतको अहिलेसम्म कै महँगो चलचित्र हो । सम्राट बस्नेतको निर्देशन एवम् एबी इन्टरनेशनलको ब्यानरमा यो चलचित्रको निर्माण भएको हो । हिरल जोशी र अमित बस्नेत सहकार्यमा निर्माण भएको उक्त चलचित्रको कार्यकारी निर्माता अकिंत गौतम र सह–निर्माता अजित के थापा हुन् । सौरभ लामाको छायांकन र बलिउड कोरियोग्राफर बिष्णु देभाको कोरियोग्राफी रहेको छ ।

विष्णुदेभाको कोरियोग्राफी रहेको यो गित लन्डनमा खिचिएको थियो । गितमा पा“च करोड भन्दा बढीको लगानी रहेको छ । अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतका कलाकाको अभिनय रहेको छ । उक्त चलचित्रमा बलिउड अभिनेत्री सन्नी लियोनीले एक विशेष आइटम गीतमा नृत्य संगै अभिनय पनि गरेकी छिन् ।

भदौ २६ गते चलचित्रको प्रिमियर भव्य रुपमा हुने भएको छ । प्रिमियरमा बलिउड अभिनेत्रि सन्नी लियोनी पनि नेपाल आउन लागेकि छिन् । प्रिमियर कार्यक्रम भदौ २६ गते सोल्टी होटेलमा गरिने सह-निर्माता अजित के थापाले जानकारी दिएका छन् । यो फिल्मको अधिकांश छायांकन यूकेमा भएको हो ।नेपालबाट चोरिएर लण्डन पुर्रुयाइएको मन्दिरको मूर्तिलाई नेपाल ल्याउन मुख्य पात्रले गर्ने संघर्षमा फिल्म आधारित छ ।



https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg