काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौं आइपुग्नु भएको छ । राष्ट्रपति सी भारतको चेन्नाईबाट विशेष विमानमार्फत काठमाडौं आइपुग्नुभएको हो । उहाँ सवार विशेष विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । सीलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नुभएको छ । राष्ट्रपति सी दुई दिने औपचारिक भ्रमणको लागि नेपाल आउनु भएको हो ।


