काठमाण्डौ। चीनका राष्ट्रपति सी जिनफिङ राजकीय नेपाल भ्रमणका लागि काठमाण्डौमा अबतरण गरिसक्नु भएको छ। उहा एक रात काठमाडौंमा बास बस्नु हुनेछ। काठमाडौंको होटल सोल्टिमा उहा बस्नुहुने बताइएको छ। सी एक दिन बस्ने भए पनि होटल रिजर्भ भने तीन दिन (शुक्रबार, शनिबार र आइतबार) को लागि बुक गरिएको छ। काठमाडौं जसरी सिँगारिएको छ सी बस्ने होटल पनि उस्तै झकिझकाऊ गराइएको छ। होटलका २८२ वटा रुमका साथै क्यासिनो समेत बुक गरिएको जनाइएको छ। शुक्रबारदेखि नै बन्द गरिएको क्यासिनो शनिबार र आइतबार पनि बन्द रहने सूचना जारी गरिएको छ। होटलभित्रका पसहरू पनि बन्द गरिएका छन्। शनिबार दिउँसो काठमाडौंमा अवतरण गरेपछि विमानस्थलबाट सिधै होटल जाने कार्यक्रम रहेको छ। त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा भेटवार्ता पछि पुन सोही होटलमा रात्रिभोज राखिएको छ। शनिबार नै सीले कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि होटलमै भेट्ने कार्यतालिका तय गरिएको छ। होटलमा राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई पक्षीय भेटवार्ता गर्ने र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई होटलमानै भेट्ने यस हिसावले सीका धेरै कार्यतालिका होटल भित्रै तय गरिएको छ। सी बस्ने होटलमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।


