नेपालको भूमि कब्जा गर्ने भारतको कदम प्रति बीपी विचार समाज मकवानपुरको आपत्ति

२७ कार्तिक मकवानपुर। भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको भन्दै सार्वभौम संपन्न नेपालको भूमि कब्जा गर्ने भारतको कदम प्रति बीपी विचार समाज मकवानपुरले एक प्रेस विज्ञप्ति मार्फत आपत्ति जनाएको छ। समाजका अध्यक्ष विनोदचन्द्र कोइराला र सचिव हरि प्रसाद पौडेल द्वारा जारी विज्ञप्तिमा भारतले आफ्नो कदम फिर्ता नलिए कडा कदम चाल्ने चेतावनी दिइएको छ। ‘जुन बेला नेपाली कांग्रेस कमजोर हुन्छ तव राष्ट्रीयता कमजोर’ हुने बीपी कोइरालाको भनाई पुन: प्रमाणित भएको जनाउदै,आफुलाई राष्ट्रवादी ठान्ने वर्तमान सरकारको खोक्रो राष्ट्रवादलाई यो घटनाले स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ,आफ्नो शासन सत्ता टिकाउन राजा महेन्द्रले मोहियानीको रूपमा भारतलाई कालापानी र लिपुलेक भारतलाई दिएको बताउदै वर्तमान महेन्द्रीय पथमै हिडेको सरकारले औपचारिक रूपमै सो भूमिको मालिक आफुनै भएको घोषणा गर्न समाजले माग गरेको छ। भारतको यस कदमको विरोधमा वर्तमान सरकारले कडा कदम नचाले मिलेमतोमै भौगोलिक अखण्ड माथी हस्तक्षेप भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles