चन्द्रपुर। रौतहटको चन्द्रपुरमा गत बिहिबारदेखी जारी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको सोबारकोे खेल सर्लाहीले जितेको छ । सोमबारको खेलमा पर्साको टिमलाई सर्लाहीको टिमले २ विकेटले पराजीत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको पर्साले निर्धारित २० ओभरको खेलमा ८ बिकेट गुमाएर १ सय २१ रन बनाउन सफल भएको थियो । जवाफी व्याटिङमा उत्रिएको सर्लाहीको टिमले २० ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै जित हात पारेको थियो । ८ बिकेट गुमाउ“दै सर्लाहीले १२५ रन बनाएको थियो ।
पर्साका व्याट्सम्यान सोनु अन्सारीले ३६ बलमा ५२ रन बनाएका थिए । उनले ५२ रन बनाउने क्रममा ४ छक्का र २ चौका प्रहार गरेका थिए भने सुरज पटेललले २४ रनको योगदान गरेका थिए । खेलमा सर्लाहीका बलर सुसान्त सिंहले ३,राहुल श्रीवास्तबले ३ र राजेश पुलामीले २ विकेट लिएका थिए । रोमाञ्चक खेलमा १२२ रनको लक्षका साथ मैदानमा जवाफी ब्याटिङ गर्न उत्रिएको सर्लाहीका लागी अन्तिम ओभरमा ४ रनको आवश्यकता परेको थियो । व्याटिङ गरिरहेका सन्दिप खड्काले अन्तिम बलमा छक्का प्रहार गर्दै टिमलाई जित दिलाएका थिए । सर्लाहीलाई जित दिलाउन अमित महतोले ३८ रनको योगदान गरेका थिए भने सम्साद शेखले नटआउट रहंदै २२ रनको योगदान गरेका थिए । यस्तै सोहन यादबले १४ रनको योगदान गरेका थिए । रोमाञ्चक खेलमा पर्साका बलर शैफुल्ला अन्सारीले १,अभिनास कर्णले ३,सम्साद अन्सारीले १ र सफिउल्लाह अन्सारीले १ विकेट लिएपनि टिमलाई जित दिलाउन सकेनन् । सर्लाका बलर सुसान्त सिंह खेलको म्यान अफ दि म्याच घोषित भएका थिए । उनले ४ ओभरमा ११ रनमात्र खर्चिएर ३ विकेट लिन सफल भएका थिए । उनलाई रौतहट फुटबल संघका बरिष्ठ उपाध्यक्ष सुमन कार्कीले नगद तथा ट्रफिका साथ सम्मान गरेका थिए ।
यो जितसंगै सर्लाही प्रतियोगिताको फाईनलमा प्रबेश गरेको छ । भोली मंगलबार हुने रौतहट र सप्तरीबिचको खेलको बिजयी टिमसंग सर्लाहीले आउ“दो बिहिबार फाईनल खेल्नेछ । स्वर्गिय सन्तदास कार्की ( दासबावु ) तथा स्वर्गिय रामकुमार कोईराला स्मृतीमा प्रदेश नम्वर २ स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगिता स्वर्गीय शेर बहादुर दर्लामी खेल मैदानमा भईरहेको छ । प्रतियोगिता आउ“दो बिहिबारसम्म चलने आयोजकले जनाएको छ ।


