चन्द्रपुर। रौतहटको चन्द्रपुरमा जारी टि—२० क्रिकेट प्रतियोगिताको दो्रो सेमिफाईनलको खेलमा सप्तरी बिजयी भएको छ । स्वर्गिय सन्तदास कार्की ( दासबावु ) तथा स्वर्गिय रामकुमार कोईराला स्मृतीमा प्रदेश नम्वर २ स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगितामा सप्तरीले रौतहटको टिमलाई ३९ रनको फराकिलो अन्तरले पराजित गर्दै फाईनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको सप्तरीले २० ओभर खेल्दै ५ विकेटको क्षतीमा ११२ रन बनाएको थियो ।
सप्तरीका ब्याट्सम्यान बिबेक यादबले ३९ बलमा ५० रन बनाए भने रोहन बिकेले २७ ४५ बलमा २७ रन बनाएर आफ्नो टिमलाई बलियो स्कोरतर्फ लगेका थिए । रौतहट को तर्फ बाट बलिङ गर्दै संजय बांगरले ४ ओभरमा २३ रन खर्चिएर २ बिकेट लिएका थिए भने रबि साहले ४ ओभर मा २४ रन खर्चिएर २ बिकेट लिएका थिए त्यस्तै बिकास पटेलले ४ ओभरमा २२ रन खर्चिएर १ बिकेट लिएका थिए ।
११३ रनको लक्ष्यलाई पछ्याएको रौतहटको टिम १५.३ ओभरमा सबै बिकेट गुमाउदै ७३ रनमै समेटिन पुग्यो ।
रौतहटका तर्फ बाट आ“सु कन्डोइले ३० बलमा २८ रन बनाए भने असचल चौधरीले २८ बल खेल्दै १५ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंक बनाउन नसक्दा रौतहट ३९ रनको फराकिलो अन्तरले पराजित भयो । खेलको म्यान अफ द म्याच सप्तरीका अलराउण्डर बिबेक यादब घोषित भएका थिए । उनलाई राम कुमार कोइराला स्मृति प्रतिष्ठानका अध्यक्ष बिनोद चन्द्र कोइरालाले नगद तथा सिल्ड प्रदान गर्नुभएको आयोजक टिममा सहसंयोजक कल्याण कार्कीले जानकारी दिनुभयो । आउ“दो बिहिबार सर्लाही र सप्तरीबिच फाईनल खेल हुने प्रतियोगिता आयोजना समितिका संयोजक देवराज कार्कीले जानकारी दिनुभयो ।