प्रदेशको नामांकन नेवाःताम्सालिङ हुनुपर्ने भन्दै प्रर्दशन

नवराज कोईराला
पौष २३ हेटौडा ।

मकवानपुरको हेटौडामा प्रदेशको नामांकन नेवाःताम्सालिङ हुनुपर्ने भन्दै बुधवार प्रर्दशन भएको छ । प्रदेश ३ को नाम बाग्मती राखेको विरोधमा मकवानपुरमा रहेका विभिन्न जनजाति तथा आदीवासी संघ,संस्थाहरूको आयोजनामा र्याली आयोजना गरिएको थियो ।
नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौँडा र नाम बाग्मती रहने निर्णय गरे पछि जनजाति एवं आदिवासी संघ संस्थाहरूले नेवाःताम्सालिङ हुनुपर्ने माग गर्दै आएका थिए ।
हेटौंडाको बुद्धचोकमा भएको र्यालीमा बाग्मती प्रदेश चाहिदैन, पहिचान मेट्न पाइदैन भन्ने नाराका साथ हेटौंडा परिक्रमा गरि प्रदेश सभा भवन अगाडी पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles