चन्द्रपुर,२६ पुस ।
रौतहटको चन्द्रपुर नगरपालिका स्थित बलुवा गाउमा उपल्लोजाति र दलितबीचको सम्बन्ध जिल्ला मै नमुना र उदाहरणीय बन्दै आएको छ । दलितमाथि विगतमा जिल्लाका अन्यत्र स्थानमा छुवाछुतका घटना घट्ने गरेको देख्ने र सुन्ने गरेको भएपनि यहा एकले अर्कालाई बिबाह भोजमा समेत बोलाउने गरेको पाइएको छ । बलुवा गाउ साविक डुमरिया गाविस वडा नम्वर पा“चमा अवस्थित थियो । हाल चन्द्रपुर नगरपालिका वडानम्वर १० मा पर्ने यस गा“उमा मुख्यरुपमा चौधरी,दलित र अन्य जातीको मिश्रित बसोबास रहदै आएको छ ।
देशका विभिन्न भेगमा कानुनले दण्डनीय ब्यवस्था गरेको छुवाछुतको घट्ना बेलाबेलामा घट्ने समाचार आइरहदा यहा“ भने जन्ति, मलामी, पुजाआजाजस्ता शुभ तथा अशुभ कार्यमा निम्तो आदानप्रदान हुने गरेको छ । गा“उमा दलित वा उपल्लो जातीको बिबाह भोजमा दलितसमेत सहभागी हुने गरेका छन् ।
सो गा“उ जिल्लामै भाइचारा,जातीय सदभाव रहेको र छुवाछुतको मतलव नभएको दलित अगुवा नन्दलाल रामले बताउनुभयो । रामका अनुसार, यस गा“उमा भेदभाव गर्ने चलन उहिल्यैदेखि हटेको पाइन्छ ।
उपल्लोजातिको घरमा बिबाह भोज हुँदा यहा“का दलित समुदायमा निम्तो हुने र यहा“ छुवाछुतको कुरा गर्दा मानिसहरु रिसाउने गर्छन । अन्य जातिको घरमा रहेको धाराबाट समेत दलितले निर्धक्क पानी लैजाने गरेका छन् । चौधरी,पचपनिया“ र दलितको बसोबास रहेको यस गा“उमा ७५ घरधुरी रहेको दलितले कुनै पनि कार्य गर्दा उपल्लो जातीका मानिसलाई निम्तो गर्ने गरेका छन् ।
चौधरी र अन्य समुदायले समेत दलितलाई निम्तो दिएर बोलाउने गर्छन । यहा“ दलित र गैर्दलित सबैलाई भोजमा बोलाउने चलन रहेको जनाउदै वडानम्वर १० का सामाजिक अगुवा अनिल चौधरी यूहा सानो जात र ठुलो जात भन्ने भेदभाव नरहेको बताउनुहुन्छ । चौधरी भन्नुहुन्छ,छुवाछुतले समाजमा नराम्रो छाप पार्छ । जातीय छुवाछुत बिरुद्ध सबै एक भएर लाग्नु पर्छ । जिल्लाको अन्य ठाउ“का दा“जोमा यस गाउ“मा दलित र गैरदलित सवै मिलेर एकसाथ बसेर बिबाहलगाएतका अन्य भोज र उत्सव मनाउने यहा“ आमचलन झै बनेको छ । यस गा“उमा दुईसय पचास घरधुरी छन् । वर्षाैदेखि यस गा“उमा चौधरी समुदायको ६० र दलित,मुस्लिम जातीको ८० घरपरिवार छन् । चौधरी समुदायका हुनेखाने बर्गबाट समेत दलितलाई समान ब्यबहार हुने गरेको स्थानीय दलितहरु हर्षित देखिन्छन् । यहा“का दलित र गैरदलित महिलाहरु गरिवि निवारण कोषलगाएतका अन्य सामाजिक संस्थाहरुमा समेत एकै समुहमा बस्दै आएका छन् ।
समाजका विकास निर्माणका काममा समेत दलितसंग गैर्दलित समुदायले हातेमालो गर्दै जान थाले पछि यहा“का दलित समुदाय समाजको मुलप्रवाहतर्फ अग्रसर रहेको देखिन्छ । दलित अगुवा महिला जहरी पासवानका भनाइमा, दलित समुदायलाई देशभरी सबै उपल्लोजातिका मानिसले यहाँको जस्तै यस्तै सम्मान र व्यवहार गरे समाज विकासमा दलितले योगदान गर्न सक्छन भन्ने उहाँको धारणा छ । पछिल्लो एक दशकयता बाल क्लब र किशोरी शिक्षा समूहले सचेतना प्रदान गर्दै आएपछि यस गा“उमा चेतनास्तरमा बृद्धि भएको र जिल्लामै यस गा“उ अन्यत्रको दलित बस्तिको दा“जोमा सबैभन्दा बढी शिक्षा हासिल गरेको स्थानीय नरेन्द्रराम चमारको भनाई थियो ।


