रौतहटमा भ्रष्टाचारी यादवको रजगज

चन्द्रपुर,२६ पुस ।
नेपाल विधुत प्राधिकरण वितरण केन्द्र चन्द्रनिगापुरका शाखाका प्रमुख भ्रष्टाचारी राम अयोध्या यादवको रजगज बढ्दै गएको छ ।
आफ्नो जातको फुई लगाउदै सेवाग्राही संग अबैध रकम असुल्ने र दुःख दिने गरेको सेवाग्राहीले आरोप लगाएको छ ।
मीटर जडान , विजुलीको विस्तारको लागि पोल गाडने बहानामा सेवाग्राहीहरु मोटो रकम असुल्ने गरेको स्थानीयहरुले जन सरोकार दैनिकलाई बताएका छन् ।रौतहट क्षेत्र नम्बर ४ का माननिय सांसद देव प्रसाद तिमिल्सिनाले वितरण शाखाका प्रमुख यादवले जनताको भावना विपरीत कार्य गर्दै आएको आरोप लगाएका छन । उनले कार्यालय प्रमुख यादव सामाजिक उत्तरदायित्व निर्वाह गर्न नसकेको दावी गरे ।
नियमित रुपमा विधुत आपूर्ति समेत गर्न नसकेको बताए । राजनितिक दलको कुरो नसुन्ने प्रवृतिका रहेका प्रमुखले सेवाग्राही सित अवैध रुपमा रकम लिने गरेकोले कार्यवाही गर्नु पर्ने मांग गरे । माथि कार्यवाही गर्न नेपाल विधुत प्राधिकरणका प्रमुख कुलमान घीसिंग समेतलाइ आग्रह गरेको जनाए । जनताको सेवा गर्ने जिम्मेवारी पाएका कर्मचारीले नै जनता माथि अन्याय गर्न लागेको टिपण्णी गरे । राष्ट्र सेवक कर्मचारी आफ्नो दायित्व विपरीत कार्यगण शुरू गरे पछि राष्ट्रमा भ्रस्टाचारको अवस्था चिन्ताजनक हुने बताए । कार्यालयमा इंजिनियरको रुपमा कार्यरत रहेकि संगीता यादवको सहारा सहयोगमा प्रमुख यादवले अनियमिता गर्ने गरेको स्थानियहरुको भनाइ रहेको छ । प्रमुख यादवले २५ लाखको हिनामिन्हा गरेको स्थानियहरुको आरोप रहेको छ । वितरण शाखाका प्रमुख यादवले आफु माथि लगाइएको आरोपमा सत्यता नरहेको दावी गरेका छन । उनले खरीद प्रक्रिया र विकासको कार्य पारदर्शी ढंगबाट सञ्चालन गर्दै आएको ठोकूवा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles