चन्द्रपुर नगरपालिकाको पुर्वधार विकास अन्र्तगतको पहिलो काम सम्पन्न

चन्द्रपुर,२४ पुस ।
चन्द्रपुर नगरपालिकाको योजनाहरुको पहिलो काम सम्पन्न भएको छ । आर्थिक बर्ष २०७६÷७७ चन्द्रपुर नगरपालिकाको संचालित योजनाहरु मध्यको पुर्वधार विकास तर्फ पहिलो योजनाको काम सम्पन्न भएको हो ।चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा स्लाब (पीसीसी) ढलानको कार्य सम्पन्न भएको सो योजनाको उपभोक्ता समितिका सचिव जित बहादुर राउतले जानकारी दिएका छन् । कुल चार लाखको सो योजना रहेको स्लाब
(पीसीसी) ढलान १२ फिट चौडाइ र ५२ मिटर लम्बईमा ढलान गरिएको चन्द्रपुर नगरपालिकाका सब ईन्जिनियर देवेन्द्र यादवले जानकारी दिएका छन् ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg