७ हजार ७ सय ५ जना एसइइ परिक्षामा सहभागी हुने

गौर,३ चैत ।
चैत ६ गतेबाट सुरु हुन लागेको एसइइ परीक्षामा रौतहटबाट ७ हजार ७ सय ५ जना परिक्षार्थीहरु सहभागी हुने भएका छन् ।
२०७६ सालको एसइइ परीक्षामा नियमित र ग्रेडवृद्धि तर्फ गरी ७ हजार ७ सय ५ जना छात्रछात्राहरु परिक्षमा सहभागी हुने भएको जिल्ला शिक्षा इकाई कार्यालय रौतहटले जनाएको छ ।
जिल्लाभरीमा रहेका ६५ सामुदायिक विद्यालय, १७ संस्थागत विद्यालय, १ खुला विद्यालय र ६ प्राविधिक विद्यालय गरेर ८७ वटा विद्यालयबाट एसइइ दिने छात्रछात्राहलाई ३० वटा परिक्षा केन्द्र कायम गरेर ७ हजार ७ सय ५ जना परिक्षार्थी रहेको जिल्ला शिक्षा इकाइ कार्यालय प्रमुख रामविनय सिहले बताए । परिक्षामा ३० जना केन्द्राध्यक्ष, ५२ सहायक केन्द्राध्यक्ष, ३८८ निरीक्षक, ७६ परीक्षा सहायक, १५५ कार्यालय सहयोगी र ५४० सुरक्षाकर्मी परिचालन हुनेछन ।


शिक्षा इकाइ कार्यालयद्धारा जिल्ला समन्वय समितिको कार्यालयमा नियुक्त भएका केन्द्राध्यक्षहरुलाई निर्देशन दि“दै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले परिक्षालाई मर्र्यािदत, अनुशासित, पारदर्शी रुपमा संचालन गराउन र अनावश्यक रुपमा परिक्षा केन्द्रमा अमर्र्यािदत कार्य गराउने केन्द्राध्यक्ष विरुद्ध कारवाही हुने बताए । विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसबाट सचेत रहन प्रत्येक परिक्षाकेन्द्र बाहिर हेल्प डेक्सको स्थापना गर्ने नेपाल सरकार शिक्षा मन्त्रालयको लक्ष्य रहेको हु“दा अनिवार्य रुपमा चेकजा“च गराएर परिक्षाकेन्द्र भित्र जान अनुरोध गर्दै उनले नियमित रुपमा एसइइ परिक्षा अनुगमन समितिले अनुगमन गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles